Logo
Logo

उपत्यकामा एकैदिन २२ सय ७६ सवारी चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्याकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्