काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक राजथलाद्वारा सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त सेन्टरबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
फार्मेसी, ऐस्थेटिक, इसिजी, रेडियोलोजी (युएसजी तथा इसिओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधि खरिद गनर्,े समर्पण हेल्थ केयर सेन्टरदेखि २ किमीको दूरीभित्र रहने ग्राहक महानुभावलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।
उक्त सम्झौताअन्तर्गत समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभुका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।












