Logo
Logo

बाढीमा परी इरानमा २६ जनाको मृत्यु


756
Shares

एजेन्सी । इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

दक्षिणपूर्वी इरानको तेहरान, सिस्तान र बलुचेस्तान र उत्तरी इरानको मरकाजी र माजान्दरान प्रान्तहरू भीषण बाढी आएको हो । केही दिन अघिदेखि थुप्रै इरानी शहरहरूमा भारी मनसुन वर्षा भइरहेको छ जसले प्रत्यक्षरूपमा जनधनको क्षति गराएको छ ।

भारी वर्षाले इरानका २० प्रान्तहरू बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् जसका कारण १०० काउन्टी र ३०० गाउँमा ठूलो क्षति पुगेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000