Logo
Logo

प्रवासी एकता मञ्च अमेरिकाद्वारा ५१ प्रिन्ट रगत संकलन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन भएको छ ।

जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका तर्फ बाट अध्यक्ष टेक गुरुङ , वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित थियो ।

मञ्चका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्‍जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ तथा द गुरुङ ( तमु ) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको सक्रियता थियो ।

रक्तदाता देखि आगन्तुकहरुलाइ फलफुल तथा खाना खुवाउने कामले कार्य क्रमको रौनक नै थपेको थियो । जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट देखि अन्य थुप्रै विशिष्ट व्यक्तित्वहरु रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो ।रक्तदाताहरुलाई आयोजक संस्थाले धन्यवाद सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्