Logo
Logo

लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ



महोत्तरी – प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास९६ का २५ वर्षीयबर्षिय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो ।

कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरक्षिक प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्