Logo
Logo

निःशुल्क आँखा शिविरमा ३ सय ५१ को उपचार


441
Shares

राजविराज । एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये एक सय १३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्