काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी चयन भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबारदेखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।
अध्यक्षमा विष्णु सापकोटा, संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल चयन भएका छन् ।
त्यस्तै, खुल्ला सचिवमा मिलन लिम्बु, बिमल लामिछानेसहित २७ जना चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, १० जना उपमहासचिव पनि चयन भएका छन् ।
यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।
हेर्नुहोस् पदाधिकारी सूची
















