Logo
Logo

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्