Logo
Logo

बसपार्क निर्माण गर्न जनताले निःशुल्क जग्गा दिए,नेताहरू तमासे



खोटाङ, २६ पुस ः धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

 

यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले चार÷चार आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावीरूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि आ–आफ्नातर्फबाट लागि करीब रु तीन करोड बराबरको आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन ।

जग्गादाताले हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने पात्ले भन्ने ठाउँमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा गएर नगरपालिकाको नाममा नामसारी गरिदिएको छ ।

दर्शनार्थीको दैनिक बाक्लो भीड लाग्ने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तिमा पनि दश रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुनेछ। 

सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो । 

स्वास्थ्यचौकी भवन शिलान्यास 

केपिलासगढी गाउँपालिका–३ बास्पानीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ । प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले संयुक्तरूपमा बुधबार उक्त भवनको शिलान्यास गर्नुभयो । अमेरिकी संस्था डिटुएन फाउण्डेशनले उक्त भवन निर्माणका लागि रु ५८ लाख उपलब्ध गराएकामा स्थानीयवासीबाट २० प्रतिशत श्रमदान जुटाइने भएको छ । 
आगामी वैशाख मसान्तभित्र निर्माण गरिने उक्त भवनमा बर्थिङ सेन्टर पनि राखने भवन निर्माण समितिका संयोजक नारायण राईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्