Logo
Logo

साइनो नेपालद्वारा मास्क हस्तान्तरण



काठमाडौं । साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले दृष्टि मिडिया प्रालिका अध्यक्ष तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई सर्जिकल मास्क प्रदान गरेका छन् ।

चाइना गुडविल फाउण्डेशनमार्फत नेपालका मिडियालाई उपहारस्वरुप पठाइएको सर्जिकल मास्क साइनो नेपाल मिडियामार्फत नेपालका विभिन्न सञ्चार गृहलाई प्रदान गरिएको पौडेलले बताए ।

कोरोनाबाट जोगिन र जोगाउन मास्कको प्रयोग आवश्यक भएको र सञ्चारकर्मीहरु अझ बढी सक्रिय भएर काममा लाग्नुपर्ने भएकाले सञ्चारकर्मीहरुको सुरक्षाका लागि मास्क वितरण गरेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्