Logo
Logo

प्राइम कमर्सियलका १० गुणासम्म धनवृद्धि हुने मुद्दती खाता सञ्चालनमा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरूका लागि लक्षित गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकले यी मुद्दती खातामा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइने जनाएको छ ।

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत)का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्नेछन् भने आवश्यकतानुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्