Logo
Logo

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा यही साउन १३–१५ मा सम्पन्न गरेको छ । ‘अ बाउन्स ब्याक इयर ७/८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत् दुई सय ३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । सञ्चालक बिमलप्रसाद ढकालले सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका छन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुख, क्षेत्रीय प्रमुखलगायत प्रधान कार्यालयका विभागीय प्रमुखले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षणसमेत दिइएको थियो ।

सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकबाट सबै सहभागीलाई प्रमाणपत्र साथै आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्