Logo
Logo

दक्षिण कोरियामा एक नेपालीको मृत्‍यु



सोल । दक्षिण कोरियामा एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको मृत्यु भएको स्रोतले बतायो ।

३ वर्षदेखि कोरियामा कार्यरत जीवन खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको स्रोतले बतायो ।

शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्