काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशको एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ, निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए । साथै, शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने उनको भनाइ छ ।














