Logo

यूक्रेन, सिरियासम्बन्धमा नेता पुटिन र एर्दोगानबीच भेटवार्ता



एजेन्सी । रूस-यूक्रेनबीच जारी युद्ध रोक्ने र सिरियामा नयाँ द्वन्द्वको सम्भावित अनुमानबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका समकक्षी रेसेप तैयप एर्दोगानबीच शुक्रबार भेटवार्ता हुनेभएको छ । वार्ता मुख्यतया रूसले गत फेब्रुअरीमा यूक्रेनविरूद्ध सुरू गरेको युद्ध रोक्ने र सिरियामा सम्भावित नयाँ द्वन्द्वलाई रोक्ने बिषयमा केन्द्रित हुने बताइएको छ ।

एर्दोगानले ‘ब्ल्याक सी’ को बाटो यूक्रेनी अन्न ढुवानी पुनः सुरु गर्न गरेको मध्यस्थतामा उत्कृष्ट कूटनीतिक सफलता पाएपछि उनी आफ्ना अधिकांश प्रमुख मन्त्रीहरूसहित १७ दिनपछि पुटिनसँग दोस्रो वार्ताका लागि सोची पुगेका हुन् ।

तर रूस–यूक्रेन युद्धका कारण तनाव जारी छ । गत महिना तेहरानमा पुटिनले एर्दोगानसँग उत्तरी सिरियामा कुर्दिश लडाकूविरुद्ध टर्कीको योजनामा बनाइएको कुनै पनि नयाँ आक्रमण रूस हेरेर नबस्ने बताइएको सन्दर्भले पनि दुई नेताबीचको वार्तालाई महत्व दिने अनुमान गरिएको छ ।

विश्लेषकहरूको विचारमा यी तनावहरू ‘प्रतिस्पर्धात्मक सहयोग’को आधार हुन् जसले विगत २० वर्षमा दुई नेताहरूको सम्बन्धलाई परिभाषित गरेको छ । ती दुई नेताबीच गोप्य वार्ता हुने र सँगै भोज गर्ने अनुमान गरिएको छ ।

यूक्रेन माथिको रूसको युद्धले टर्कीको छविलाई प्रमुख भूराजनीतिक खेलाडीको रूपमा पुनः स्थापित गरेको छ र एर्दोगानलाई गत केही वर्षमा तुलनात्मक बढी महत्व दिएको युरोपेली काउन्सिल अन फरेन रिलेशन्सका अस्ली अयडिन्टस्बासले गत हप्ता सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

युक्रेनमाथि पश्चिमसँग मस्कोको ऐतिहासिक विवादको सामना गर्न नाटो सदस्य टर्कीले गरेको प्रयासको प्रतिफल हुन थालेको छ । महिनौंको टर्की प्रयासपछि मस्को र कीभले गत महिना इस्तानबुलमा युक्रेनी बन्दरगाहबाट अन्न वितरण पुनः आरम्भ गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यूक्रेनबाट बुधबार पहिलो जहाजले इस्तानबुल हुँदै अन्न निर्यात गरेको थियो । युद्धको कारण विश्वव्यापी खाद्य संकट कम गर्न बनाइएका ऐतिहासिक सम्झौताअन्तर्गत टर्की, आयरल्याण्ड र बेलायतका बजारहरूका लागि तोकिएको थप तीनवटा जहाजहरूले शुक्रबार समुद्री यात्रा तय गरेका छन् ।

टर्की यस सफलतालाई पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीबीच इस्तानबुलमा भएको वार्तामा रूपान्तरण गर्न चाहन्छ । यस हप्ता एशियामा रूसी समकक्षी सर्गेई लाभरोभसँगको वार्तापछि टर्कीका विदेश मन्त्री मेभलुत काबुसोग्लूले भने ।

प्रतिक्रिया दिनुहोस्