Logo
Logo

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि १४ लाख रुपैयाँ लाग्छ भन्दै क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काम लगाई दिने २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए

विदेश पठाउने प्रलोभनमा पारी ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्