Logo
Logo

बारामा गाँजासहित २ जना पक्राउ



बारा । बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट दुइ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका-१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्त बहादुर लुम्बाले बोकेको झोलामा किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्