Logo
Logo

छ जिल्लामा मेटलाइफको बिमा सचेतना कार्यक्रम



काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा जिल्लाका सहरमा जीवन बिमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की र जुम्लामा गरी करिब ६ सयजनालाई बिमालेखबारे जानकारी दिएको हो ।

कार्यक्रमले मानिसलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइलाई घटाएर आपत्कालीन रणनीति विकास गर्न मद्दत गर्नेबारे जानकारी भएको कम्पनीको भनाइ छ ।

प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लाग्नेजस्ता कुनै पनि अप्रत्याशित परिस्थिति आएको खण्डमा उनीहरूको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमा महŒवपूर्ण रहेको सहभागीले बुझेको कम्पनीले जनाएको छ । जीवन बिमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटनापछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न मद्दत गर्नेबारे कार्यक्रममा प्रशिक्षण दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्