Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण



काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौको सुकेधारास्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र कामनपा ४ का लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको सुविधाका लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसस्थालाई सहयोग गर्दै आइरहेको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ शाखा, नौ एक्सटेन्सन काउन्टर, एक सय ६७ शाखारहित बैंकिङ सेवा, दुई सय सात एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेव प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्