Logo
Logo

डिसहोमकाे रिचार्ज गर्दा खड्का र घर्तीलाई १ लाख


441
Shares

काठमाडाैं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत सो नगद पुरस्कार जितेका हुन् । यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँँ जित्ने अवसर प्राप्त गर्नेछन् । माडी– ४, घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडी लघुजलविद्युत्का सचिव खड्का र सदस्यद्वय घर्तीले १/१ लाख रुपैयाँ जितेका हुन् ।

नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलरदाइहरू चन्द्र घर्तीकोमा एक वर्षको रिचार्ज गरेका पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिसहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गीत विष्टबाट डिलरदाइ चन्द्र घर्ती, भवन सिंह बुढा, ससिराम बुढाको उपस्थितिमा सो नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्