Logo
Logo

स्मार्ट डोकोको ‘ह्याप्पी रक्षा बन्धन’ अफर, उपत्यका बाहिर निःशुल्क डेलिभरी



काठमाडौं । स्मार्ट डोको अनलाइन मेगास्टोरले रक्षा बन्धनलाई लक्षित गरेर ‘ह्याप्पी रक्षा बन्धन अफर’ ल्याएको छ ।

ई कमर्स एपको मान्यता पाएको कम्पनीले हरेक अर्डरमा नि : शुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार रक्षा बन्धनका लागि गज्जबको उपहार विचारहरू छन् ।

स्मार्ट वाच, ब्लुटुथ वायरलेस इयरबड, सामसुङ स्मार्टफोन, परफ्युम, गहना र अन्य धेरै ३७ प्रतिशतसम्म छुट जस्ता उपहारमा उत्कृष्ट डिल र छुट दिइएको छ ।

ग्राहकले आफ्नो मनपर्ने उत्पादन स्मार्ट डोको एपमार्फत आफ्नो एन्ड्रोइड वा आईओएस डिभाइस वा स्मार्टडोको वेबसाइटमा डाउनलोड गरी अर्डर गरेर यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । स्मार्ट डोकोले ७७ वटै जिल्लामा डेलिभर गरिरहेको छ ।

ग्राहकले काठमाडौं रिङरोड भित्र ७५० रुपैयाँ को न्यूनतम अर्डर मूल्य र रिङरोड र उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कमा पनि शीघ्र र निःशुल्क डेलिभरी पाउने जनाएको छ । यो अफर ६ अगस्ट देखि ११ अगस्टसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्