Logo
Logo

आइएमई जनरलको सिइओमा युगेशभक्त पुनः नियुक्त


378
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक समितिको २०७९ असार ७ गतेको १२०आँै बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युगेशभक्त बादे श्रेष्ठ २०७९ साउन २३ गतेदेखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।

सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुन भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकाय, बीमा समिति, कम्पनीको सञ्चालक समितिका अध्यक्षलगायत सञ्चालक, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मीलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई सधन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्