Logo
Logo

मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा


6.2k
Shares

एजेन्सी । बिहारको मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

राज्यपाललाई भेटेपछि मुख्यमन्त्री कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए । पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको समेत उनले बताए ।

गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो । ख्यमन्त्री कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000