Logo
Logo

‘सुपर डान्सर नेपाल’को पावर्डबाई र इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट



काठमाडौं । आउने सातादेखि प्रशारण सुरु हुन लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । संगसंगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।

‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टेलिभिजन रियालिटि शो हो ।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो ‘सुपर डान्सर नेपाल’को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभर विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्जलगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेका छ । नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कविता नेपाली रहने छन् । हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभी एचडीमा साउन २६ गते राति नौ बजेदेखि प्रसारणमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्