Logo
Logo

मिटरब्याजी श्यामकृष्णविरुद्ध तीन करोड २१ लाख बिगो दाबीसहित मुद्दा दायर



काठमाडौं । सर्लाहीका मिटरब्याजी श्याम परदेशी उर्फ श्यामकृष्ण साहविरुद्ध मुद्दा दायर भएको छ । तीन करोड २१ लाख बिगो दाबीसहित दायर मुद्धामा उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका–२ स्थायी घर भएका साहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए ।

केही दिनअघि दायर मुद्धामा साहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागले दाबी गरेको छ ।
ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो ।

यस्तै प्रतिवादी बनाइएको उनकी श्रीमती मन्जु देवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्