Logo
Logo

नेशनल लाईफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’



काठमाडाैं । ‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको ४ दिने बार्षिक सम्मेलन ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ लुम्बिनीमा सम्पन्न भएको छ ।

सो अवसरमा २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गरिएको छ । जीवन बिमा व्यवसायसँग सम्वन्धित विषयमा स्पष्ट खाका कोर्ने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बताए ।

विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जना बढिको सहभागिता थियो । जीवन बिमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

‘कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामी माथि छ । त्यसैले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन हामी सबैले अधिकतम प्रयास गर्नुपर्छ,’ उनले भने ।

केएफए बिजनेश स्कूलका फाउण्डर रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेक्टर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्टका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्