Logo
Logo

ग्लोबल आइएमई र माया मेट्रो अस्पतालबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका खातावाल ग्राहक तथा कर्मचारीले उक्त अस्पतालका सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ । छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेस गर्नुपर्ने उल्लेख छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पतालहरूसँग यस्ता सम्झौताहरू गरी समयसापेक्षताअनुरूप ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ ।

बैंकले देशका सतहत्तरै जिल्लामा दुई सय ८९ शाखा, दुई सय ६५ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्