Logo
Logo

भारत र नेटो लामो समयदेखि निकट सम्पर्कमा



एजेन्सी । भारत र नेटो बीच विभिन्न स्तरमा निकट छलफल र सम्पर्क रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। ब्रसेल्समा दुई पक्षबीच विभिन्न स्तरमा सम्पर्क भइरहेको बताइएको छ ।

‘भारत र नेटोले लामो समयदेखि ब्रसेल्समा विभिन्न तहमा सम्पर्क जारी राखेका छन्। पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूमा विभिन्न सरोकारवालाहरूसँग हुने हाम्रो सम्पर्कको यो एउटा अंश हो,’ मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन् ।

उनले सन् २०१९ मा भारत र नेटोबीचको राजनीतिक संवादको मिडिया रिपोर्टको बारेमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा उल्लेख गरेका हुन् ।
भारतले सन् २०१९ डिसेम्बरमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) सँग आफ्नो पहिलो राजनीतिक वार्ता गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्