Logo
Logo

उद्योगका नियुक्तिमा लिलाम बढाबढ : बिचौलियालाई औषधि उद्योगको जिम्मा



काठमाडौं । उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा गणेश भेटवाललाई नियुक्त गरेका छन् । हेटौंडा निवासी भेटवाल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । भेटवाल राजनीतिक साइनोले मात्र अध्यक्ष बनेका होइनन्, उनले बडुलाई ठूलै कोसेली बुझाएर अध्यक्ष पद पड्काएको स्रोतको दाबी छ ।

यज्ञ न्यौपाने र सुवास सिटौला

सुदूरपश्चिमका बडुले हेटौंडाका भेटवाललाई अध्यक्ष बनाएपछि उनीबाट नियुक्तिको आशामा रहेका कार्यकर्ता रुष्ट भएका छन् । उद्योग मन्त्रालयको राम्रो संस्थानको रुपमा लिइने हेटौंडा सिमेन्टको अध्यक्ष नियुक्तिका लागि धेरै आकांक्षी थिए । तर भेटवालले बाजी मारेका छन् ।

यसैगरी, जीवनजलसहित सिटामोलमात्र उत्पादन गर्दैआएको नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञराज न्यौपाने नियुक्ति भएका छन् । आफूलाई फार्मेसिष्ट बताउने न्यौपानेले अध्यक्षमा नियुक्त भएपछि संसार नै जितेको जस्तो गरेर सामाजिक संजालमा बधाइ दिन लगाएका छन् ।

तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले कोसेलीकै भरमा न्यौपानेलाई फार्मेसी काउन्सिलको अध्यक्ष बनाएका थिए । त्यहीबेलादेखि उनलाई सरकारी नियुक्तिको लोभ बढ्दै गएको थियो । काउन्सिलमा हुँदा फार्मेसी अध्यापन गराउने कलेजहरुको अनुगमन गर्ने नाममा अनावश्यक दुःख दिने गरेको, कलेजहरुबाट मासिक कमिशन लिने गरेको आरोप उनीमाथि लागेको थियो । चोरलाई चौतारो, साधुलाई सुली भन्ने उखान चरितार्थ भएको नेपालमा न्यौपानेमाथि लागेको आरोप कसले सुन्ने ? एक फार्मेसी कलेजका संचालकको दुखसो छ ।

काउन्सिलबाट बिदा भएपछि उनले समकक्षीहरुसँग भारतको राजदूत बन्ने प्रस्ताव आएको भन्दै दरबारमार्गको रेष्टुरेन्टतिर गफ लगाउने गरेका थिए । गिरिजाप्रसाद र सुशील कोइराला जीवीत हुन्जेलसम्म आफूलाई भारतको राजदूत बनाउन लागेको बताउने न्यौपानेको कांग्रेस नेतृ सुजाता कोइरालासँग सुसम्बन्ध छ । त्यसको लाभ उठाउँदै उनले आफ्नो जीवनमा विभिन्न पद र काम लिएर नाजायज फाइदा लिन सफल भएको कांग्रेसकै कार्यकर्ता बताउँछन् ।

भारतको संस्थापन पक्षसँग सुमधुर सम्बन्ध रहेको भनेर त्यसलाई दुरुपयोग गर्दैआएका र पछिल्लो समय औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीसँग बाक्लो उठबसमा रहेका थिए ।

न्यौपाने विभिन्न स्वदेशी तथा विदेशी औषधि कम्पनीहरुको काम लिएर बिचौलियाका रुपमा विभागमा जाने गर्दथे । पछिल्लो समय विवादमा आएको विदेशी औषधि कम्पनी निरीक्षणको सूची बनाउँदा पनि न्यौपानेले बिचौलियाको काम गरेको आरोप छ ।

विभागको निरीक्षण टोली भारतमा रहँदा उनी पटक पटक भारत ओहोरदोहोर गरेको स्रोतको दाबी छ । उनै न्यौपानेलाई अहिले बडुले औषधि लिमिटेडको पद जिम्मा लाएका छन् । धरासायी अवस्थामा रहेको औषधि लिमिटेडको बाँकी रहेका जग्गा जमिनमा ठूला ब्यापारीहरुको दृष्टि परेको छ । ती जग्गा कौडीको मूल्यमा लिजमा दिनका लागि न्यौपानेको चलखेल सुरु भइसकेको छ ।

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यदेखि निजी औषधि कम्पनीका संचालकहरु औषधि लिमिटेडलाई ध्वस्त बनाएर त्यसको करोडौको सम्पत्ति हडप्ने दाउमा छन् । यस्तो अवस्थामा न्यौपाने जस्ता पैसाको लागि जे पनि गर्न पछि नपर्ने ब्यक्तिलाई अध्यक्ष बनाएपछि ब्यापारीहरु सल्बलाएका छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीसँग बाक्लो उठबसमा रहेका थिए । न्यौपाने विभिन्न स्वदेशी तथा विदेशी औषधि कम्पनीहरुको काम लिएर बिचौलियाका रुपमा विभागमा जाने गर्दथे । पछिल्लो समय विवादमा आएको विदेशी औषधि कम्पनी निरीक्षणको सूची बनाउँदा पनि न्यौपानेले बिचौलियाको काम गरेको आरोप छ ।

नेपाल औषधि लिमिटेडका बाँकी जग्गा ब्यापारीलाई लिजमा दिनका लागि सेटिङ गर्न थालिसक्नुभयो रे नि भन्ने जिज्ञासामा न्यौपानेले भने–‘म नियुक्त भएको एक साता पनि भएको छ्रैन । जग्गाबारेमा मलाई केही थाहा छैन । मैले कुनै ब्यापारीसँग डिल गरेको छैन ।’

त्यस्तै, उद्योग मन्त्री बडुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाको स्थानमा अर्को महाप्रबन्धक नियुक्तिको तयारी गरेका छन् । महाप्रबन्धक रहुन्जेल सरकारबिरुद्ध मुद्दामामिला गरेरै टिकिरहेका सिटौलाले औद्योगिक व्यवस्थापन लिमिटेडको सुधारमा भने कुनै ध्यान दिन सकेनन् ।

नन्दकिशोर बस्नेत अध्यक्ष रहुन्जेल उनीसँग मुकाबिला गरेरै बिताएका सिटौलाले उनको कार्यकाल सकिएपछि सिन्कोसमेत भाँच्न नसकेको आरोप छ । मन्त्रालयले बस्नेतको अवकाशपछि सहसचिव डा. नारायण रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । बस्नेतलाई तह लगाएका सिटौलाले रेग्मीजस्ता लोभी मन भएका अध्यक्षलाई सहजै आफू अनुकूल चलाउन सफल भएका छन् । तर प्रगति भने केही पनि देखाउन सकेका छैनन् । उनै सिटौला केही महिनापछि बिदा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्