Logo
Logo

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एबिएल एम–स्मार्टमा नयाँ सुविधा



काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबिएल एम–स्मार्टमा स्मार्ट लोन एगेनस्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ । उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेनस्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा कर्जा लिनका लागि बैंकसम्म पुगी विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ«े बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाइन तथा मोवाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेनस्ट फिक्स डिपोजिट सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्नेछन् ।

यस एमबिएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रशन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, बिभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । बैंकले एमबिएल एम–स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्