काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक वर्गमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआरकोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नाई संघलाई क्युआरकोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायी लाभान्वित हुने उद्देश्यले बैंकले संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।
राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका थिए ।
उक्त क्युआर हस्तान्तरणपछि ग्राहकले नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नगदको विकल्पमा क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।