Logo
Logo

रैब पर्व मनाउँदै पूर्वका थारु समुदाय


441
Shares

काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।

हरेक वर्ष भदौको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ । ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ ।

थारु भाषामा आइतबारलाई रैब भनिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता रहिआएको छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताए ।

प्रतिक्रिया दिनुहोस्