काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले २०७९ भदौ ५ गतेदेखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । साबिकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ ।

यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका–१ का वडाध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिति रहेको थियो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दीपक खनाललगायत बैैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।












