Logo
Logo

भीएस ग्रुप नेपालमा आइप्रो मोबाइलको आधिकारिक वितरक


882
Shares

काठमाडौं । भीएस ग्रुप नेपाल आइप्रो मोबाएलको आधिकारिक विक्रेता बनेको छ ।

भीएसले हङकङ अइप्रो टेक्नोलोसँग यस विषयमा समझदारी गरेसँगै नयाँ स्मार्ट फोनका मोडल लिएर आएको छ । यससँगै नेपाली बजारमा आईप्रोको सस्तो मूल्यका फिचर फोन र स्मार्ट फोन भित्रिएका छन् ।

आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१७ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक विक्रेता थिएन । नयाँ माडलमा एस२००० एम, एस१००, ५०एप्लस् र वाइ१०० छन् ।

यो विश्वको चर्चित फोन उत्पादन गर्ने कम्पनी हो । जसको विश्वव्यापी रूपमा विभिन्न बजेट अनुकूल फोनले राम्रो मार्केट लिएका छन् । सन् २०२० देखि २०२१ सम्ममा हेर्दा अइप्रोको माग बढिरहेको छ । नेपालमा पनि सहुलियत दरको फोनका रूपमा ठाउँ बनाउन सफल भएको छ ।

आईप्रोले आफ्ना मोबाइल फोन भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपसहित सय बढी देशमा बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्