Logo
Logo

पिपुल्स पावरको आइपीओ बाँडफाँट


1.1k
Shares

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आइपिओ बाँडफाट गरेको छ । २२ लाख ९४ हजार ६८२ कित्ता सेयर बाँडफाँट गरेको हाे ।

पिपुल्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदन १५ लाख ५१ हजार ४ सय १३ वटा थिए ।

त्यसमध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार ६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२ लाख ९४हजार ६८२ कित्ता सेयर बाँडफाँड गरिएको हो । प्रभु क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धक भई साउन ३१ देखि भदौ ५ सम्म सार्वजनिक निष्काशन खुला गरिए थियो ।

प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल सेयर २४ लाख ६७ हजार ४ सय कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याईएको थियो ।

बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ७.३७ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र सिडिएससिको वेवसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्