
सल्यान । नेकपा एकीकृत समाजवादी सल्यानले मंसिर ४ गते हुने निर्वाचनका लागि संघमा पार्टीका कर्णाली इन्चार्ज प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ ।
खलंगामा बसेको बैठकले सर्वसम्मत रूपमा ज्वालाको नाम सिफारिस गरेको हो । यस्तै संघको समानुपातिकमा दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको सचिव रमेश गौतमले बताए । बैठले प्रदेश ‘क’ र ‘ख’ का लागि ३/३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश ‘क’ मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी, जीवन बिसी र प्रदेश ‘ख’ मा भद्रसिंह बुढा, शारदा परियार र हरि केसीको नाम सिफारिस गरिएको छ ।











