Logo
Logo

राजुबाबुको ‘बेनामे जर्नेल’ बजारमा



काठमाडौँ । गीतकार एवं कथाकार डा. राजुबाबु श्रेष्ठको चौथो कथासङ्ग्रह ‘बेनामे जर्नेल’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, र पत्रकार दीपक सापकोटाले संयुक्त रूपमा सङ्ग्रह सार्वजनिक गरे । त्यसै अवसरमा राजुबाबुका कथामा टेकेर समकालीन कथा लेखनमाथि विमर्शसमेत भयो ।

विमर्शमा बोल्दै नयनराज पाण्डेले राजुबाबुलाई लामो समयदेखि पढ्दै आएको तथा उनका देशभित्रका मात्र नभई जुनसुकै भूगोलको बलियो कथानक हुने उल्लेख गरे । ‘वास्तविक जीवनमा आफूले जे भोगे त्यही कुरालाई समाज र राजनीतिसँग जोडेर आख्यान बनाइएकाले संग्रहका कथा चाखलाग्दा छन्’, पाण्डेले भने ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाकार श्रेष्ठले आफैले भोगेका अनुभूति कथामा पस्केकाले उनको कथा शक्तिशाली भएको उल्लेख गरे । ‘कुनै पनि कथामा के, कहाँ र कसरीको उत्तर हुनुपर्ने भन्दै संग्रहभित्रका केही कथा माओवादी द्वन्द्वकालीन भएकोले ति पुराना भएनन् ?’ भन्दै गौतमले प्रश्न गरे ।

समालोचक ज्ञानु अधिकारीले भने कृतिमा सिमान्तीकृत पात्रहरूका कथाहरू रहेको बताइन् । उनका अनुसार महिलाको मुद्दाबाट हेर्दासमेत राजुबाबु कथा बलियो रहेका छन् । कथाकार राजुबाबुले भने आफू लेखकभन्दा द्रष्टा (देखक) ज्यादा भएको भन्दै पात्रहरूले घच्घच्याए पछि मात्र कथा लेख्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्