काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली प्रदेशस्थित सुर्खेत जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर कर्णाली प्रदेशको तर्फबाट उपनिर्देशक दीपककुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले कर्णाली कियरमा क्याविन (डिलक्स)मा २५ प्रतिशत, क्याबिन नर्मल र होलबडी चेकअपमा २० प्रतिशत, अपरेशन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान, एक्सरे, युएसजी अल्ट्रसाउन्ड, इको, इन्डोस्कोपी, आइसीयू, एनआइसीयू, पोष्टअप, डेन्टल एण्ड एम्बुलेन्समामा १० प्रतिशत र प्याथोलोजी एण्ड फार्मेसी (मेडिसिन) मा ५ प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएको छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।












