Logo
Logo

प्रभु बैंक युरेका इन होटलबीच आकर्षक छुटसम्बन्धी सम्झौता


252
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र मुक्तिनाथस्थित युुरेका इन होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोमसोम क्षेत्रीय प्रमुख नरेन्द्र थकाली र युुरेका इन होटलका तर्फबाट प्रोप्राइटर सुरजन तुलाचनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले युुरेका इन होटलद्वारा सञ्चालित ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत युुरेका इन होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, युुरेका इन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्