Logo
Logo

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो, ३५ जना अझै बेपत्ता


945
Shares

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुगेको छ भने ३५ जना अझै बेपत्ता छन् ।

बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३६ जना यान शहरका रहेको बताइएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा सोमबार भूकम्प गएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000