Logo
Logo

१४ महिनामा चार जना विदेशमन्त्रीले राजीनामा दिए


882
Shares

एजेन्सी । पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् । राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ ।

कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छवटा आपराधिक अनुसन्धानको सामना गरिरहेको छ ।

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए । त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन् ।

रोड्रिग्वेजले विदेश मन्त्रालयको ट्विटर सार्वजनिक गर्दे साझा गर्दै राजीनामा घोषणा गरेका थिए । स्थानीय सञ्चारमाध्यमले भर्खरै मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलो बीच विभिन्न मुद्दाहरूमा असहमति रहेको सार्वजनिक गरेका थिए ।

वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन् । पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृङ्खला छ । सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्