Logo
Logo

बेलाइत नरेश चाल्र्स तृतीय नयाँ राजा घोषित


882
Shares

एजेन्सी । राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा भएका हुन् ।

शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेका सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्