Logo
Logo

ओली सहभागी कार्यक्रममा अवरोधको प्रयास, ११ जना पक्राउ


30.2k
Shares

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विमानस्थल अगाडिबाट ११ जनालाई पक्राउ गरिएको हो । ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र विभिन्न पार्टीबाट आउनेहरुलाई प्रवेश गराउन जनकपुर पुगेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000