Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


315
Shares

काठमाडौं । आज देशभरको मौसममा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्