Logo
Logo

महाअभियोग सिफारिस समितिको बैठक जारी


1.1k
Shares

काठमाडौं । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्द महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानन्यायाधीश जबरासंग बयान लिइरहेको महाअभियोग सिफारिस समिति अहिले आन्तरिक छलफलमा जुटेको छ । जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो । समितिले बयानका लागि जबरालाई दिउँसो १ बजे बोलाइएको छ ।

समितिले जबराको बयानका लागि ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ । बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्