Logo
Logo

‘हृदय’को विशेष संस्करण सार्वजनिक



काठमाडौं । तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित एक समारोहमा लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ । यसको अङ्कित मूल्य २५ हजार रुपैयाँ छ ।

विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।

डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । यो बृहत परियोजनालाई सफल पार्न आफूहरुले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ ।

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन् । ‘हृदय’को विशेष सीमित सीमित संस्करणले सीमित संस्करणको संस्कार र पद्धतिमा एउटा मानक खडा गर्ने फाइनप्रिन्टले विश्वास लिएको छ ।

पुस्तकको नियमित संस्करण भने असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ । नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ ।

नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् । निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ । ‘गंगालाल मुटुका लागि भर पर्दो संस्था बने झैं बालबालिकाका लागि किआच हुनेछ भन्ने हाम्रो विश्वास छ,’ फाइनप्रिन्टका नीरज भारीले भने ।

प्रतिक्रिया दिनुहोस्