Logo
Logo

उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु


630
Shares

भारत । उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४ लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन् ।

भारतका उत्तरी क्षेत्रमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000