Logo
Logo

संसद विघटन गर्नेलाई जनताले भाेट दिँदैनन्ः प्रकाशमान


2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाइ छ ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा सिंहको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्