Logo
Logo

एकीकृत समाजवादीले समानुपातिकतर्फ उम्मेदवारको सूची सोमबार टुंग्याउने


1.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची सोमबार टुंग्याउने भएको छ ।
उपमहासचिव जगन्नाथ खतिवडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको उम्मेदवार बन्द सूची सोमबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए ।

उनका अनुसार प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको छ । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने जनाएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउने समय असोज ३ गतेसम्मलाई तोकेको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्