Logo
Logo

एमालेद्वारा समानुपातिक उम्मेदवारको नामावली पारित


18.6k
Shares

भक्तपुर । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित एक सय १० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि समानुपातिकबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई यस पटक नसमेटिएको भन्दै उनले एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकतर्फको सूची बुझाउने बताए ।

एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा आदिवासी, जनजातितर्फ ३२, खर्स आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेसीतर्फ १७ जनालाई समेटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्